तनहुं – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले माग्नुभएको विश्वासको मतको पक्षमा १६५ जना सांसद रहनुभयो भने विपक्ष मा ८३ जना सांसद रहनुभएको थियो । एकमत तटस्थ रहयो। २४९ जनाको उपस्थिति रहेको संसदबाट बहुमतका आधारमा बाँकी कार्यकालका लागि नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ।

तनहुंका कम्युनिस्ट समर्थकहरूको प्रतिक्रिया फेसबुकमा

शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपाल पक्षका 22 जना सांसदहरु रहेका थिए । यसअगाडि ओली पक्षमा रहेका सांसदहरुले समेत माधव पक्षमा मतदान गरेको पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई मत प्रदान गर्ने एमाले सांसदहरु:
माधवकुमार नेपाल
 विरोध खतिवडा
कल्याणी खड्का 
जीवनराम श्रेष्ठ
पार्वती विशुंखे
मेटमणि चौधरी 
भवानी खापुङ
निरादेवी जैरु
मुकुन्द न्यौपाने
कलिला खातुन
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान 
गोपाल बम 
सविना हुसेन 
 कृष्णलाल महर्जन
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
रामकुमारी झाँक्री 

Leave a Reply

Your email address will not be published. Required fields are marked *