दमौली– तनहुँको व्यास नगरपालिका वडा नम्बर ६ स्थित इन्दु माध्यमिक विद्यालयले ५७ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । त्यसै अवसरमा व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले हालै निर्मित ८ कोठे भवनको समुद्घाटन गरेका छन् ।

प्रमुख अतिथिको रुपमा उपस्थित न्यौपानेले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धिका लागि आवश्यक दरबन्दीको व्यवस्थापनमा जोडदिने र विद्यालय घेराबार, शुद्ध खानेपानी लगायतको भौतिक पक्षमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

बिशिस्ट अतिथीको रुपमा उपस्थित वडा नम्बर ६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले भौतिक निर्माणसँगै शैक्षिक गुणस्तर वृद्धिका लागि दरबन्दी व्यवस्थापन गर्दै पठनपाठन कृयाकलाप तर्फ ध्यान केन्द्रित गर्नुपर्ने भनाइ ब्यक्त गरेका थिए । अभिभावक, वि. ब्य. स,शि.अ.संघ, शिक्षक एवं स्थानीय तहका जनप्रतिनिधिहरुको संयुक्त पहलबाट मात्र गुणस्तरीय शिक्षा सम्भव हुने भन्दै भण्डारीले सबैको पहलबाट बालबालिका, समुदाय र राष्ट्रलाई नै शिक्षित हुने वातावरण मिलाउनु पर्ने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख बैकुण्ठनाथ न्यौपाने, वडा नं ६ का वडा अध्यक्ष सूर्यभक्त भण्डारी, नेपाली कांग्रेस व्यास ६ का सभापति ढाल प्रसाद घिमिरे, वडासदस्य बुद्धिमाया बिक, एमाले प्रतिनिधि शिवदत्त पण्डित, पुर्व अध्यक्ष अम्बिका प्रसाद पण्डित, चन्द्रकान्त भण्डारी, जनजुक्त शाहि माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्यूतराज काफ्ले आदिको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो ।

विद्यालयका शिक्षकहरू

कार्यक्रममा प्रधानध्यापक रामकाजी श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण सहित बिद्यालयमा स्थापना गरिएको छात्रवृत्ति समेत उक्त अवसरमा वितरण गरिएको थियो । त्यसै अवसरमा हेमलाल शर्मा पण्डित स्मृति अक्षयकोष सुपुत्र प्रमोद पण्डितबाट रु २५ हजार ८ बराबरको रकम प्रदान गरी स्थापना गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर गुरुङको अध्यक्षतामा सञ्चालित कार्यक्रममा इमनाथ भण्डारी स्मृति अक्षयकोषबाट तीनजना र विद्यालयबाट विभिन्न शीर्षकमा शिक्षक शिक्षिकाहरुलाई नगद सहितको सम्मानपत्रबाट सम्मानित गरिएको गरिएको त्यसै विद्यालयका शिक्षक एवं कार्यक्रम संचालक बालचन्द्र वाग्लेले शिक्षा सञ्चारलाई जानकारी दिएका छन् ।

इन्दु माध्यमिक विद्यालय व्यास ६ को महेन्द्रज्योति मां वि सिसाघाट पछि उत्कृष्ट विद्यालयको रुपमा स्थापित रहेको छ । आधुनिक प्रविधितर्फ अग्रसरता राख्ने यस विद्यालयले कार्यरत शिक्षकहरुलाई पनि प्राविधिक क्षमता विकासका लागि तालिम समेत सञ्चालन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *