दमाैली– तनहुँ सदरमुकाम दमौली बजारमा रहेको दमौलीबजार इकाई समितिले सम्पूर्ण व्यवसायीहरूको हक हितका लागि भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँसंग एक अनुरोध गरेको छ।  व्यवसायीहरुले चाडपर्वको मुखैमा आउँदा पनि लामो समयसम्म नगरेको व्यवसायलाई निरन्तरता दिन नसक्ने अवस्था सिर्जना हुन आएकाले आफ्नो व्यवसायलाई बचाइराख्न चाडपर्वको समयमा केहि खुला गरिदिन अनुरोध गरिरहेका छन्।  दमौली बजार एकाइ समितिका अध्यक्ष भूपाल अालेद्वारा हस्तागक्षरित  अनुरोधपत्रमा यस्तो कुरा लेखिएको छः

प्रस्तुत विषयमा विश्वभर फैलिरहेको महामारी कोरोना भाइरसका कारण सम्पूर्ण व्यवसायीहरूको व्यवसाय विगत लामो समयदेखि नियमित रुपमा सञ्चालन गर्न नपाएको व्यहोरा स्मरण गराउँदछौं  । साथै नजिकिँदै आइरहेको नेपालीहरूको महान चाड पर्वहरुलाई मध्यनजर गर्दै सम्पूर्ण व्यवसायीहरुको निर्वाध रुपमा सञ्चालन गर्न गराउन प्रशासनबाट सहयोगको लागि हार्दिक अनुरोध गर्दै वर्तमान लकडाउनका कारण व्यवसायीहरुले घरभाडा समेत बुझाउन गाराे परिरहेको यथार्थपरक कुराको चित्रण गर्दै विभिन्न वस्तुगत समितिहरूबाट प्राप्त पत्रहरूको आधारमा आगामी दिनहरुमा समेत लकडाउन रहिरहेमा व्यवसायहरु लकडाउनको पालना गर्न नसक्ने कुरा आएको हुँद यस प्रति ध्यान दिनुहुन बिनम्र अनुरोध गर्दछु  । 

हाल बजार क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म प्रशासन कार्यालयले तोके बमोजिमका व्यवसायहरु सञ्चालन हुँदै आएका छन्  । तर सबै व्यवसाय मारमा परेकाले केही समयका लागि सम्पूर्ण व्यवसायीहरुलाई खुला गरिदिनुहुन  दमौली बजार एकाइले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *